तरुण दलले बनायो श्रमिकको घर

झापा | कात्तिक २६, २०८१

तरुण दलले बनायो श्रमिकको घर

झापा:    नेपाल तरुण दल भद्रपुरले भद्रपुर नगरपालिका–५ स्थित घरविहीन श्रमिक मेहरा दायिराको घर निर्माण गरेको छ ।

    
इँट्टा र सिमेन्टले बनेको दुई कोठे नवनिर्मित घर आइतबार एक कार्यक्रमबीच भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले दायिरालाई हस्तान्तरण गर्नुभएको थियो ।

    
घर निर्माणमा रु पाँच लाख लागेको र सबै लागत तरुण दल भद्रपुरले व्यहोरेको तरुण दल भद्रपुर–५का सभापति इन्द्र नेपालले बताउनुभयो । घर बनेको पाँच धुर जग्गा भने श्रमिक दायराकै नाममा थियो ।
    

नगरप्रमुख गणेश पोखरेलले घरविहीन व्यक्तिको घर निर्माणमा तरुण दलले लिएको पहल कदमीको प्रशंसा गर्नुभयो । उहाँले जनसेवा र सामाजिक कार्यमा राजनीतिक दल तथा तिनको भ्रातृ सङ्गठन सक्रिय हुँदा जनतामा लोकतान्त्रिक व्यवस्थाप्रति भरोसा बढ्ने बताउनुभयो ।

    
नवनिर्मित घर प्राप्त गरेपछि दायिराले आर्थिक अभावले लामो समयदेखि घर बनाउन नसकेकोमा नयाँ घर पाउँदा खुसी लागेको बताउनुभयो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्